पुर्वाञ्चल क्यान्सर अस्पताल र भारतको राजिव गान्धी क्यान्सर सेन्टरबीच सहकार्य हुने 



Download our app to get more features

झापा, ३१ असार । झापा स्थित पुर्वाञ्चल क्यान्सर अस्पताल र भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टरबीच सेवा सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

शनिवार विर्तामोडमा भएको एक समारोहमा सो सम्झौतामा पुर्वञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा विरेन्द्र यादव र राजिव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा सुधिर कुमार रावलले हस्ताक्षर गरेका हुन् । 

दुइ क्यान्सर अस्पतालले क्यान्सर उपचार प्रविधीका ज्ञान सिप साटासाट गर्ने, राजिवगान्धी अस्पतालमा उपचारमागएका नेपाली विरामीको फलोअपकोलागि पुर्वञ्चल क्यान्सर अस्पतालमा पठाउने, दुइ अस्पताल विच टेली मेडिसिन प्रविधीबाट विरामीको उपचारमा सहयोग गर्ने, पुर्वञ्चल अस्पतालका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरुलाई समय समयमा तालिम गराउने, पुर्वञ्चल क्यान्सर अस्पतालमा उपलब्ध हुन नसक्ने सेवाकोलागि राजिवगान्धी रिफर गरिएका विरामीलाई सिधै सम्बन्धीत चिकित्सकबाट उपचार हुने व्यवस्था मिलाउने । पुर्वाञ्चल क्यान्सर अस्पतालबाट रिफर भएर गएका विरामीहरुको सम्पूर्ण खर्चको १० प्रतिशत छुट दिने सम्झौतामा उल्लेख रहेका छन् । 

सम्झौता पत्रमा हस्ताक्षर गर्दै राजिव गान्धी अस्पतालका निर्देशक डा रावलले पुर्वाञ्चल क्यान्सर अस्पताल नेपालमा मात्र नभएर भारतको पश्चिम बंगाल, गुहाटी, सिक्कीम राज्यमा नै यती प्रविधीले सम्पन्न अस्पताल नभएको बताए । उनले नेपालमा क्यान्सर उपचारको टिम प्रविधी सहितको यति आधुनिक एकिकृत अस्पताल रहेको भन्ने कुरा आफै आएर हेरेपछि मात्र थाहा पाएको बताए । 

डा. रावलले राजिव गान्धीमा क्यान्सरको उपचारकोलागि आउने विरामी मध्ये १५ प्रतिशत नेपाली विरामी हुनेगरेको समेत जानकारी दिए । 

पुर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले अस्पताल स्थापना भएको अढाइ वर्षमा नै राजिव गान्धी जस्तो संस्थासंग सहकार्य गर्न पाउनु पुर्वाञ्चल क्यान्सर अस्पतालले दिएको सेवाको विस्वास्नीयता भएको बताए । राजिवगान्धी संगको सम्बन्धले पुर्वाञ्चलका कार्यरत चिकित्सक नर्स लगायत स्वास्थ्यकर्मीले थप अध्ययनकोलागि वाटो खुलेको, पुर्वाञ्चलमा विरामीले थप सेवा पाउने र राजिवगान्धीमा उपचारका लागि गएका विरामीको फलोअपकोलागि जादा लाग्ने खर्च कम हुँदा जनतालाई नै फाइदाहुने बताए । 

डा. यादवले पुर्वाञ्चलमा हुन नसक्ने वोनम्यारो ट्रन्सप्लान्ट लगायत केही सेवाको लागि राजिव गान्धीमा यहीको निदानका आधारमा सिधै विरामीले सेवा पाउने जानकारी दिए । 
विएण्ड सी मेडिकल कलेजका प्रिन्सीपल तथा रेडियोलोजी विभाग प्रमुख प्राडा उमेश शर्माले २५ वर्षे युवा राजिव गान्धी र अढाइ वर्षे वालक पुर्वाञ्चल विच भएको एतिहासिक सम्झौताले नेपालको क्यान्सर उपचारको क्षेत्रमा फड्को मार्ने विश्वास रहेको जानकारी दिए । 

यसअघि भारतको राजिव गान्धी क्यान्सर सेन्टर र ललितपुरको नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरबीच सहकार्य रहेको थियो । नेपालीको ठूलो संख्या क्यान्सर उपचारमा पुग्ने भारतको राजिव गान्धी क्यान्सर अस्पतालले पूर्वाञ्चलसँग सहकार्य थालेको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts