भारतमा कोरोना संक्रमण फेरि तिब्र,दैनिक ७ हजार बढी संक्रमित थपिन थाले
![](/image.php?src=https://www.hamrodoctor.com/uploads/news/2022/January/corona_india.jpg&w=800&h=480&static=true)
एजेन्सी,२७ जेठ । भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घन्टामा भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो ।
लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार ९९ दिनमा पहिलो पटक बुधबार ७ हजारमाथि संक्रमित फेला परेका छन् ।
भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन् । महाराष्ट्रमा २ हजार ८ सय १३ संक्रमित फेला परेका छन् भने केरलामा २ हजार ४ सय १५ जना नयाँ संक्रमित फेला परेका छन् ।
यस्तै राजधानी नयाँ दिल्लीमा ६ सय २२ जना नयाँ संक्रमित फेला परेका छन् ।
Last modified on 2022-06-10 11:35:11