अमेरिकामा अबदेखी जहाज, रेल र बस चढ्दा मास्क अनिवार्य लगाउन नपर्ने



Download our app to get more features

काठमाडौं,६ वैशाख । अमेरिकामा हवाईजहाज, रेल र बसजस्ता सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य लगाउन नपर्ने भएको छ । 

समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडाकी न्यायाधीश क्याथरिन किम्बल मिजेलले सोमबार सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनु पर्ने नियम कानुनसम्मत नभएको भन्दै हटाइदिएकी हुन्।

अमेरिकामा स्वास्थ्य अधिकारीहरूले मे ३ सम्ममा सार्वजनिक सवारीमा मास्क अनिवार्य लगाउनु पर्ने नियम लगाएका थिए।

अमेरिकामा दैनिक ३५ हजार मानिस कोरोना संक्रमित भइरहेका बेला आएको अदालतको यो आदेशलाई राष्ट्रपति कार्यालय ह्वाइटहाउसले दुस्खद भनेको छ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सन् २०२१ को फेब्रुअरीदेखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्न भनेको थियो।

Last modified on 2022-04-20 10:02:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts