चीनको सांघाईमा सबै मानिसको कोरोना परीक्षण गर्न सेना खटाइयो
![](/image.php?src=https://www.hamrodoctor.com/uploads/news/2020/Fabruary/Corona-in-China.jpg&w=800&h=480&static=true)
एजेन्सी,२१ चैत । कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरिएको चीनको सांघाईमा सबै मानिसको कोरोना परीक्षण गर्न सेना पनि खटाइएको छ।
सोमबार पनि कोरोना संक्रमण बढेपछि सांघाईमा सेना पठाइएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार २ करोड ६० लाख सहरवासीको कोरोना परीक्षण गर्न हजारौंको संख्यामा सेना र स्वास्थ्यकर्मी पठाएको छ ।
जनमुक्ति सेनाले आइतबार नै सेना, नेभी र जोइन्ट लजिस्टिक फोर्स गरी दुई हजार स्वास्थ्यकर्मी पठाएको हो । जियाङ्गसु, झिजियाङ र बेइजिङबाट पनि १० हजार बढी स्वास्थ्यकर्मी सांघाई पठाइएका छन् ।
त्यहाँ सोमबार बिहानैदेखि कोरोना परीक्षणको लागि स्वाब लिने काम सुरू गरिएको छ ।
Last modified on 2022-04-05 09:57:52