चीनभित्रै भेटिन थाले नयाँ कोरोना संक्रमित
 
            एजेन्सी,२२ फागुन । चीनभित्रै नयाँ कोरोना भाइरसका संक्रमितहरु भेटिन थालेको बताइएको छ । चीनका स्वास्थ्य अधिकारीहरुले चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिन थालेको बताएका हुन् ।
चीनको नेशनल हेल्थ कमिसनले सोमबार दिएको जानकारीअनुसार चीनमा आइतबार मात्र २ सय १४ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो ।
त्यहाँका हेबेइ, ग्वांगोग र जिलिनमा ती संक्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                