काठमाडौं पेन म्यानेजमेन्ट सेन्टर : दीर्घकालीन दुखाई (क्रोनिक पेन) कॊ उपचार गन्तब्य



Download our app to get more features

काठमाडौं, १२ फागुन ।  पेन म्यानेजमेन्ट चिकित्साशास्त्र अन्तर्गतको विभन्नि विधाहरु मध्ये एक विशिष्ठ विधा हो जसले दुखाई सम्बन्धी अन्तरविभागीय दृष्टिकोण समावेश गर्दछ, जसले दुखाई निदान गर्दछ र दीर्घकालीन दुखाई (क्रोनिक पेन) सँग बाँचिरहेकाहरूको लागि जीवनको गुणस्तर सुधार गर्दछ । 

काठमाडौं पेन म्यानेजमेन्ट सेन्टर प्रभावकारी दुखाई व्यवस्थापनको उपचार गन्तब्य हो जहा एक दुखाई व्यवस्थापनमा दखल राख्ने विशेषज्ञ चिकित्सक सहितको टोलीले दीर्घकालिन दुखाईका विरामी वा अति नै पीडादायी दुखाई निमूल वा न्युनिकरण गर्न आधुनिक प्रविधी सहितको
औषोधीउपचार गर्ने व्यवस्था गर्दछ । यसै क्लिनिकमा अन्यत्र ठीक नभएका दुखाई सम्बन्धी विरामीलाई जीवन जीउने योग्य वा दैनिक कार्य गर्न सक्ने बनाउन सकिन्छ । यस क्लिनिकका चिकित्सक तथा सहयोगी चिकित्सकहरुले दुखाई निर्मूलका बहुआयामिक व्यवस्थापकीय दृष्टिकोण मार्फत सफलतापूर्वक उपचार गर्ने गर्दछ । 

यस प्रकारको पेन क्लिनिकमा विरामीको दुखाई मात्र नभएर दुखाईसंग सम्बन्धित विविध पक्षहरु जस्तै शारीरिक, भावनात्मक, संज्ञानात्मक, व्यवहारिक, व्यावसायिक र सामाजिक पक्षको समेत रेखदेख तथा समाधान गर्ने गर्दछ ।

काठमाडौं पेन म्यानेजमेन्ट सेन्टर ढाड कम्मर दुखाईको, घुडा दुखाइ, काँध दुख्ने, माइग्रेन, मांसपेशी दुख्ने, गर्धन दुखाइ, अनुहारको दुखाइ, फाइब्रोमाइल्जिया, पैताला र खुट्टाको दुखाइ र क्यान्सर दुखाइ जस्ता दीर्घकालीन समस्यामा बाचिरहेका बिरामीको उपचार गर्ने नेपालको पहिलो समर्पित दुखाई केन्द्र हो। 

यहाँ केटामाइन इन्फ्यूजन, प्लेटलेट रिच प्लाज्मा, रेडियोफ्रेक्वेंसी पृथकता र ओजोन न्यूक्लियोलिसिस जस्ता आधुनिक विधिहरू बाट उपचार गरिदै छ । 

यी विधिहरू नेपालमा पहिलो पटक लागू गरिएको हो। यी विधिहरू अत्यन्त प्रभावकारी हुन्छन्, कुनै जोखिम छैन, लाभदायक, कम लागत, सरल र सामान्यतया केही घण्टा भित्र डे केयर आधारमा गरिन्छ ।

धेरै सन्तोषजनक प्रतिक्रियाको साथ बिरामीहरू प्रस्तुत हुन्छन। उपचारका यी विधिहरूका साथ बिरामीहरू मुस्कानका साथ सामान्य स्वस्थ जीवनमा फर्कन्छन्।

इन्टरभेन्सनल पेन अन्तर्गत मेरुदण्डाको स्नायु तन्तुलाई लट्याउने सुई स्पाइन ईन्जेक्सन, स्नायुतन्तुको शिथिलता ९नर्व ब्लकहरू०, एपीड़ूरल ईन्जेक्सन, जोर्नीहरुमा लगाईने सुई, मेरुदण्डको रहको स्नायु तन्तुको उत्तेजना, इन्ट्राथिकल इम्प्लान्ट्स, नर्व ह्य्द्रोडिसेकसन, न्युरो ल्यटिक ब्लकहरू बोटुलिनम टोक्सिनको अनुप्रयोग र रेडियोफ्रीक्वेंसी मार्फत नशालाई गरिने शिथिलता जस्ता विभिन्न प्रकारका विधिहरूलाई दीर्घकालिन दुखाई निदानका प्रविधीकोरुपमा प्रयोग गर्ने गरेका छन् । 

यी सबै प्रविधिहरू सी–आर्म वा अल्ट्रासाउन्ड मार्गदर्शनको साथमा गर्ने गरिन्छ इन्टरभेन्सनल पेन निदान प्रक्रियाले तुरुन्त दुखाइ राहत प्रदान गर्दछ । अन्तरक्रियात्मक दुखाइ (इन्टरभेन्सनल पेन) निदान प्रक्रिया गर्दा विरामीलाई बेहोस नबनाई सहजताका साथ गर्न सकिन्छ ।

काठमाडौं पेन म्यानेजमेन्ट सेन्टरको उपचारात्मक उद्देश्यमा पिडाको तिब्रता घटाउनु, पीडा नियन्त्रित गर्नु, शारिरिक गतिबिधि बढाउनु, बिरामीलाई काममा फर्किन सक्ने बनाउनु, मनोवैज्ञानिक सुधार गर्नु, र स्वास्थ्य सेवाहरूको कम प्रयोग गर्ने समावेश छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts