सस्तो र गुणस्तरीय सेवा दिदै अस्रीक प्याथलोजी ल्याब 



Download our app to get more features

काठमाडौं,६ माघ । सबै जनताहरुमा सहज रुपमा सस्तो र गुणस्तरीय सेवा दिने उदेश्यले अस्रीक प्याथलोजी ल्याब सञ्चालनमा आएको छ । ल्याबले ललितपुरको एकान्तकुनाबाट सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

प्राइभेटमा टेस्ट सरकारी जस्तो रेट भन्ने नाराका साथ ल्याब सञ्चालनमा ल्याइएको ल्याबका प्रवन्धक निर्देशक डा.शंकर काफ्लेले बताए । उनका अनुसार कसैको सिफारिस बिना नै ल्याब टेस्टको सेवा लिन आउनेहरुलाई १० प्रतिशत छुटको समेत व्यवस्था  गरिएको छ । 

सरकारले ल्याब टेस्टमा मुल्य नतोकिरहेको अवस्थामा आफुहरुले सर्वसुलभ मुल्यमा सेवा दिइरहेको उनको भनाइ छ । त्यस्तै ल्याबले प्याकेजमा मात्र नभएर अन्य टेस्टमा पनि १० प्रतिशत छुट दिइरहेको छ । 

दक्ष चिकित्सकहरुबाट सेवा दिइरहेको ल्याबमा हिस्ट्रो प्याथलोजी,साइट्रो प्याथलोजी,बायो केमेस्ट्रि,पोस्ट कोभिड लगायतका सेवाहरु उपलब्ध छन् । 

Last modified on 2022-01-20 17:18:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts