भारतमा २ लाख ८२ हजार कोरोना संक्रमित थपिए
एजेन्सी,५ माघ । भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ८२ हजार ९ सय ७० जना कोरोना संक्रमित थपिएका छन् ।
परिवार कल्याण मन्त्रालयको अनुसार कोरोनाबाट ४ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै सो अवधिमा १ लाख ८८ हजार १ सय ५७ जना संक्रमणमुक्त भएका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य प्रभावित रहेका छन्।
त्यस्तै भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार ९ सय ६१ पुगेको छ।