नर्भिक अस्पतालले आजदेखि कोभिड ओपिडी सुरु गर्दै



Download our app to get more features

काठमाडौं, २ माघ । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि नर्भिक इन्टरनेशनल हस्पिटलले आजदेखि ‘कोभिड ओपिडी क्लिनिक सेवा’ सुरु गर्दैछ ।
 
नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अस्पतालमा आउने अन्य बिरामीहरूलाई हुनसक्ने सम्भावित सङ्क्रमणबाट जोगाउनका लागि कोभिड ओपिडी सेवा सुरु गर्न लागिएको हो ।

सङ्क्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ सञ्चालन गर्न लागेको बताइएको छ ।
 
आजदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा कोभिड ओपिडी सेवा सञ्चालन हुने मिश्रले बताए ।

कोभिड ओपिडीमा कोभिड भएका वा कोभिड भइसकेकाहरूमा देखिनसक्ने स्वास्थ्य समस्याको विषयमा गुणस्तरीय परामर्श सेवा दिइनेछ । चेष्ट फिजिसियनसहितका विशेषज्ञहरूबाट परामर्श सेवासहित अस्पताल भर्ना गर्नुपर्ने कोभिड सङ्क्रमितहरूलाई त्यही रहेको कोभिड वार्ड तथा कोभिड आइसियूमा राखी उपचार गरिनेछ । 

कोभिडबाट सङ्क्रमित भई सामान्य स्वास्थ्य समस्या भोग्ने र कोभिडपछि पनि विभिन्न समस्या भोग्नेहरूलाई लक्षित गरी डेडिकेटेड चिकित्सकसहितको ‘कोभिड ओपिडी’ सञ्चालन गर्ने नर्भिक सम्भवतः देशकै पहिलो नीजि क्षेत्रको अस्पताल रहेको दावी गरिएको छ ।

यसअघि नर्भिक तथा अन्य अस्पतालहरुले फिभर क्लिनिक सञ्चालन गरे पनि कोभिड सङ्क्रमितलाई नै लक्षित गरी ओपिडी सेवा नै भने सुरु गरेका थिएनन् ।  

यसअघि नर्भिक अस्पतालले कोभिड भइसकेकाहरुमा देखिने जटिल स्वास्थ्य समस्याको समयमै निराकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘पोस्ट कोभिड प्याकेज’ कार्यान्वयनमा ल्याएको थियो । निकै सस्तो मूल्यको यो प्याकेज लिएर कोभिड निको भएर पनि विभिन्न समस्या भोगिरहेका सयौं बिरामीले गुणस्तरीय परामर्श सेवा र उपचार पाएका थिए । 

Last modified on 2022-01-16 10:10:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts