बिहीबारदेखि नर्भिक अस्पतालमा पनि कोरोनाविरुद्वको खोप लगाउन सकिने



Download our app to get more features

काठमाडौं,२९ पुस ।  निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल अस्पतालले  पनि पुस २९ गते(बिहीबार)देखि खोप केन्द्र संचालन गर्ने भएको छ । 

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र संचालन गर्ने भएको हो । 

सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र संचालन गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । 

साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए । 

उनका अनुसार स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान संचालन हुनेछ । 

नर्भिकमा हाल कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप लगाइने छ । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउन सकिने अस्पतालले जनाएको छ । 

Last modified on 2022-01-13 12:27:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts