नर्भिकमा शनिवार यूरोलोजीको निःशुल्क ओपिडी हुने 



Download our app to get more features

काठमाडौं,२३ पुस । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा शनिवार(भोलि) यूरोलोजीको निःशुल्क ओपिडी हुने भएको छ । 

अस्पतालले पुस महिनाभर गरिरहेको मृगौला,मूत्रनली र मूत्रथैली केन्द्रीत निःशुल्क ओपिडी सेवा अन्र्तगत यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने भएको हो । 

निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । 

शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपिडी संचालन हुनेछ । 

अस्पतालले यसअघि नै मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको साबिकको शुल्कमा २० प्रतिशत छुट दिने जानकारी दिएको थियो । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सकिने छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts