नर्भिक आइभीएफ सेन्टरमा महिलाले एकै पटक जन्माईन तीन सन्तान 



Download our app to get more features

काठमाडौं,२० पुस । नर्भिक आइभीएफ सेन्टरमा महिलाले एकै पटक जन्माईन तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी छन् । 

आइभीएफ सेन्टरको प्रमुख डा.नुतन शर्माका अनुसार जुम्लाकी ३४ वर्षीया एक महिलाले आइतबार विहान तीन जना सन्तान जन्माएकी हुन् ।

शर्माले भनीन्,'उहाँहरु करीव १० वर्ष निसन्तानको समस्यामा हुनुहुदो रहेछ,हामीले आइभीएफ विधि प्रयोग गर्यौ । प्राय आइभीएफ विधिबाट दुईवटा शिशुहरु जन्मिने गर्दछन् । कहिले काँही तीनवटा पनि जन्माउन सकिन्छ । तर यो आफैमा भने जटिल विधि पनि हो।'

आइभीएफ सुरु गरेको समयदेखिनै उहाँलाई विशेष स्वास्थ्य निगरानी गरेको र अहिले स्वस्थ रुपमा शिशुहरु जन्माउन सफल भएको उनले बताइन । 

डा.शर्माले आइतबार विहान सामाजिक सञ्जाल फेसबुकमा तिम्ल्याहा शिशु काखमा लिएको फोटो राख्दै भनेकी थिइन्, ‘नयाँ वर्षको गज्जव सुरुवात !’

शिशु जन्मीएको २४ घण्टासम्म एनआइसीयुमा राखीएको थियो । अहिले आमा र शिशुहरुलाई स्वास्थ्य अवस्था सामान्य रहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts