नर्भिकले ल्यायो नयाँ वर्ष अफर, हेल्थ प्याकेजमा १० प्रतिशत छुट



Download our app to get more features

काठमाडौं, १६ पुस । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ ।
 
अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका हेल्थ प्याकेजहरुको साबिकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो । 

यस्तो छुट पाउनका लागि विभिन्न अनलाइन तथा अन्य मिडियाहरुमा प्रकाशित नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा आउनुपर्नेछ ।

नर्भिक इन्टरनेशनल हस्पिटलका सूचनामूलक सामाग्री विज्ञापनको रुपमा विभिन्न अनलाइन न्यूज पोर्टल तथा मिडियाहरुमा प्रकाशित हुने गरेका छन् । त्यसको स्क्रीनसर्टसहित अस्पतालसँग सम्पर्क गरे आफूले लिन चाहेको हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ ।

नर्भिकले विशेष अवसरहरुमा विगतदेखि नै यस्ता छुटको प्याकेजहरु ल्याउने गरेको छ । अस्पतालले सामाजिक उत्तरदायीत्वको रुपमा प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपिडी सेवा समेत संचालन गर्दै आएको छ । 

अस्पतालले पुस महिनाभरि मूत्रथैलीको पत्थरीको शल्यक्रिया गर्दा साबिकको शुल्कमा २० प्रतिशत छुट दिने स्किम यसअघि नै सार्वजनिक गरिसकेको छ ।   


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts