क्रिष्टल डाइनोष्टिकले नेपालमै पहिलो पटक ५ मिनेटमै पिसिआर रिर्पोट निकाल्ने मेसिन भित्र्यायो 



Download our app to get more features

काठमाडौं,१२ पुस । क्रिष्टल डाइनोष्टिकले नेपालमै पहिलो पटक ५ मिनेटमै पीसीआर रिर्पोट निकाल्ने र्‍यापिड पिसिआर मेसिन भित्र्याएको छ। 

र्‍यापिड पिसिआर मेसिन अमेरिकन कम्पनी एबोर्टको पछिल्लो संस्करणको मेसिन हो । 

यो मेसिनबाट एक पटकमा ३५ जनाको रिपोर्ट पत्ता लगाउन सकिन्छ भने पिसिआर पोजेटिभ पत्ता लगाउन ५ मिनेट र नेगेटिभ पत्ता लगाउन १३ मिनेट लाग्ने छ । 

नेपालमा यो मेसिन हालसम्म  कुनै अस्पताल र ल्यावसँग नभएको ल्यावका प्रबन्ध निर्देशक रविन्द्र केसीले बताए।

सिनामंगलमा मुख्य कार्यालय रहेको क्रिष्टल डाइनोष्टिक ल्यावको विमानस्थलमा पनि ल्याव रहेको छ । 

क्रिष्टल डाइग्नोष्टिक ल्याव दुबइ नागरिक उड्यन प्राधिकरणले नेपालमा र्यापिड पिसिआरका लागि अनुमति दिएको पहिलो ल्याव समेत हो । 

क्रिष्टल र्यापिड पिसिआर गरेर दुबइ यात्रु उडाउने पहिलो ल्याव समेत बनेको थियो । ल्यावले शुलभ दरमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts