केडीसीमा बिडियसका नयाँ विद्यार्थीलाई अभिमुखिकरण 



Download our app to get more features

काठमाडौं,९ पुस । काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेजले बिडियसका १४ औं ब्याचको विधार्थीसँग अभिमुखिकरण कार्यक्रम गरेको छ । 

शुक्रबार एक कार्यक्रम गर्दै कलेजले १४ औं ब्याचमा अध्ययन गर्ने बिडियसका ५० जना विधार्थीसँग अभिमुखिकरण गरेको हो । 

कार्यक्रमको प्रमुख अतिथि रहेका काठमाडौं विश्वविद्यालयका प्रो.डा.मनोज हुमागाईले एउटा कलेज अब्बल हुनका लागि कलेजको भौतीक संरचना,राम्रो शिक्षा संकाय र राम्रो उत्पादन हुन आवश्यक रहेको बताए । त्यस्तै उनले एउटा डेंन्टिस्ट इन्जिनीयर,आटिस्ट र साइन्टिस्ट भएको पनि बताएका छन् । 

कलेजमा बिडियसको अध्ययन मंसिरदेखि नै भएपनि चिकित्सा शिक्षा अयोगको नियमअनुसार सबै विद्याथीहरु नआएकोले शुक्रबार अभिमुखिकरण गरेको केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए । 

बिडियस बिषय काठमाडौं विश्वविद्यालय अन्र्तगतको कार्यक्रम हो । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts