ब्लु क्रस अस्पतालमा हप्ताको २ दिन हाडजोर्नीको निःशुल्क ओपिडी सेवा



Download our app to get more features

काठमाडौं,७ पुस । ब्लु क्रस अस्पतालले हप्ताको २ दिन हाडजोर्नीको निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । 

अस्पतालले यहि पुस १२ गतेदेखि हप्ताको २ दिन सोमबार र बिहीबार हाडजोर्नीको निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको हो । 

सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क  सञ्चालन हुने ओपिडीमा अर्थोपेडिक तथा स्पोर्टस सर्जन डा सरोज राईले निःशुल्क सेवा दिने छन् ।

खेलाडी तथा बिरामीहरुको सर्जरी गर्नुपरेमा सहुलियत प्रदान गरिने अस्पतालले जनाएको छ ।   

निःशुल्क ओपिडी सेवा लिन चाहनेले ब्लु क्रस अस्पतालको कल सेन्टरको नम्बर ०१-४२६२०२७ र ९८६६२९८९२५ मा सम्पर्क गरेर आफ्नो नाम टिपाउन सक्ने छन् । 

Last modified on 2021-12-22 15:24:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts