डाबर नेपालद्वारा वीर अस्पताललाई चिकित्साउपकरण हस्तान्तरण



Download our app to get more features

काठमाडौं, ६ पुस । नेपालको स्वास्थ्यपूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताललाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्य सहित डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत सघन उपचारको लागि रु. २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ ।

डाबर नेपालको अध्यक्ष तथा प्रबन्ध निर्देशक  इश्वरी राना  र एच.एस. बेदी, व्यापार प्रमुख–नेपाल तथा म्यानमारले वीर अस्पताललाई सोमबार एक कार्यक्रमकाबीच उक्त सामग्री  हस्तान्तरण गरेका हुन्  । डा. अनुपमाकार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पतालका निर्देशकप्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा डाबरका प्रवक्ताले भने, “वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालकानागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवाप्रदानगर्दै आइरहेको छ । अहिलेको विश्वव्यापीमहामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदानगर्ने प्रयासमाहामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।”


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts