नर्भिकमा एकैदिन दुई विशेषज्ञ चिकित्सकको  नि:शुल्क ओपिडी सेवा 



Download our app to get more features

काठमाडौं, २ पुस । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिबार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । 

नर्भिक अस्पतालको यूरोलोजी टिमले विशेष ओपिडी निःशुल्क सञ्चालन गर्न लागेको हो ।

शनिबार १० देखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपीडीमा यूरोसर्जरी विशेषज्ञ डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिनेछन् । उनीहरु नेतृत्वको यूरोलोजी टिम नै निःशुल्क ओपिडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ । 

मृगौला, मूत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरी सम्बन्धी समस्या भएकाहरुले यूरोलोजी टिमको निःशुल्क ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपिडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दर समेत उपलब्ध गराइने बताइएको छ । 

यस्तै, नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरले समेत शनिवार नै निःशुल्क ओपिडी सञ्चालन गर्नेछन् । 

पेट तथा आन्द्रा वा पाचनप्रणालीसँग सम्बन्धी समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपिडीबाट लाभ लिनसक्नेछन् । डा. कुवरले पनि बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts