चिरायु अस्पतालको ८ औं बार्षिकोत्सब सम्पन्न



Download our app to get more features

काठमाडौं, २२ मंसिर ।  चिरायु अस्पतालको ८ औं बार्षिकोत्सब समारोह सम्पन्न भएको छ। बुधबार सम्पन्न भएको कार्यक्रममा भुवन चन्द, दिपाश्री निरौला लगायतका कलाकारको पनि उपस्थिति रहेको थियो।

चिरायु अस्पतालको हलमा आयोजना गरिएको कार्यक्रममा सामाजिक व्यक्तित्व लगायत कलाकार र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

हेम गुरुङ र प्रो.डा. उत्तम कुमार शर्माले संयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए।

कार्यक्रममा प्रो.डा. उत्तम शर्माले स्वागत मन्तव्य राखेका थिए ।  वार्षिकोत्सब कार्यक्रममा चिरायुका नर्स लगायत अन्य स्टाफहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts