कोरोनाको 'ओमिक्रोन' भेरिएन्ट विश्वका २३ मुलुकमा फैलियो (मुलुकको नामसहित)
एजेन्सी, १६ मंसिर । दक्षिण अफ्रिकामा देखा परेको कोरोनाको ओमिक्रोन भेरिएन्ट विश्वका २३ मुलुकमा फैलिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अफ्रिकी मुलुक बोत्सवासहित विश्वका २३ मुलुकमा हालसम्म कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परिसकेको छ ।
संगठनले आफ्नो नियमित मिडिया ब्रिफिङ्गको क्रममा हालसम्म अमेरिका, अस्ट्रेलिया, बेल्जियम, जापान, डेनमार्क, ब्राजिलसहित विश्वका २३ मुलुकमा कोरोनाको नयाँ ओमिक्रोन भेरिएन्ट फेला परेको बताएको हो ।
संगठनका महानिर्देशक डा.ट्ड्रोस एड्हनोम घेबे्रयससले ओमिक्रोन भेरिएन्ट पुष्टि भएको हामीले पत्ता लगाएपनि यसले गराउने गम्भीरता, यसको संक्रमण गराउने क्षमताबारे अध्ययन र अनुसन्धान हुन बाँकी नै रहेको बताए ।
उनले हालसम्म २३ मुलुकमा फैलिएपनि यसले छिटै विश्वलाई आफ्नो चपेटामा लिन सक्ने भएकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे ।
उनले कोरोनाको ओमिक्रोनबारे विश्व स्वास्थ्य संगठनले अध्ययन र अनुसन्धान गरिरहेको बताउँदै डे्ल्टापछिको यो सबैभन्दा बढी संक्रामक हुन सक्ने बताए ।
उनले कोरोनाको डेल्टा भेरिएन्टको जस्तै ओमिक्रोनको रोकथामका लागि सबै मुलुकले कडाई र प्रतिबन्ध लगाउने कामलाई भने निरन्तरता दिनुपर्ने बताए ।
कोरोनाविरुद्धको खोपको पहुँचमा अझैपनि विश्वका धेरै संख्या बाँकी नै रहेकाले यसले फेरि संक्रमणको जोखिमलाई बढाउने हुनाले खोपको पहुँचलाई सहज बनाउन आग्रह गरे ।
गत २४ घन्टामा विश्वका यी मुलुकमा पुष्टि भइसक्यो ओमिक्रोन :
देश केस
अमेरिका १
अस्ट्रेलिया ७
अस्ट्रिया १
बेल्जियम १
बोत्सवाना १९
ब्राजील २
कनाडा ६
चेक रिपब्लिक १
डेनमार्क ४
फ्रान्स १
जर्मनी ९
हङ्गकङ्ग ४
इजराइल ४
इटली ९
जापान २
नेदरल्याण्ड १६
नाइजीरिया ३
नर्वे ३
पोर्चुगल १३
साऊदी अरब १
स्पेन २
दक्षिण अफ्रीका ७७
स्वीडेन ३
यूके २२