स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ बीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर



Download our app to get more features

काठमाडौं, १३ मंसिर । सानेपास्थित स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ कार्यालयबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य उपचार सेवा लिने दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र ललितपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष राजेश मर्हजनले हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर समारोहमा स्टार हस्पिटलका मेडिकल डाईरेक्टर डा. शैल रुपाखेती र वडा नं. २ मातहतका विभिन्न संघ संस्थाका प्रतिनिधीहरूको उपस्थिती रहेको थियो । 

कार्यक्रममा बोल्दै स्टार हस्पिटलका अध्यक्षज्यूले हस्पिटलले विभिन्न विभाग तथा नयाँ सेवाहरू थप गर्दै गएकोले वडावासीहरूलाई मात्र नभई सम्पूर्ण देशवासीलाई गुणस्तरीय उपचार सेवा लिनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको र हस्पिटलले काठमाडौँ उपत्यका मात्र नभई देशका अन्य जिल्लाहरूमा पनि आफ्ना सेवाहरू विस्तार गर्दै गईरहेको हुनाले विश्वस्त भएर उपचार सेवा लिन आग्रह गरे । 

कार्यक्रममा वडा नं. २ का अध्यक्षले वडावासीहरूका तर्फबाट बोल्दै स्टार हस्पिटलसँग सहकार्य गर्न पाउनु अत्यन्त उपलब्धीपूर्ण रहेको र यसको पूर्ण कार्यन्वयनमा जोड दिैदै हस्पिटललाई धन्यवाद ज्ञापन गरे ।

सम्झौता अनुसार स्टार हस्पिटलले ललितपुर महानगरपालिका वडा नं. २ का वृद्धवृद्धा, एकल महिला, महिला तथा बालबालिका लगायत सम्पूर्ण वडावासीहरुलाई सहुलियत दरमा उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउने छ । अस्पतालले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासँग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।

Last modified on 2021-11-29 18:05:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts