तारकेश्वर वडा नंं. २ का जनतालाई चिरायू अस्पतालले स्वास्थ्य उपचारमा बिशेष छुट दिने 



Download our app to get more features

 काठमाडौं, ९ मंसिर । तारकेश्वर नगरपालिका वडा नं. २ र चिरायु नेशनल हस्पीटल एण्ड मेडिकल इन्सीच्युट प्रा.लि. बीच बुधबारभात्रीत्व सम्बन्धमा सम्झौता भएको छ ।

जसमा तारकेश्वर वडा नं. २ का नागरिकहरुले आफ्नाने स्वास्थ्य उपचार गर्दा चिरायु अस्पतालबाट हुने सेवाहरुमा छुटको व्यवस्था गर्ने भएको छ । यो सम्झौता भएको दिनदेखि नै लागु हुनेछ । जसमा बेड चार्जमा २५ प्रतिशत छुट, डाइग्नोष्टिक चार्जमा १५ प्रतिशत, प्रोसिड्रोस प्रक्रिया चार्जमा ८ प्रतिशत, वेलनेस चार्जमा ५ प्रतिशत र एम्वुलेन्स सेवामा ५ प्रतिशत छुटको व्यवस्था रहेको छ ।

चिरायु अस्पतालमा निर्देशक सञ्जीव राजभण्डारी र तारकेश्वर वडा नं. २ का अध्यक्ष रविन्द्र केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता मंसीर ७ गतेदेखि नै लागु भइसकेको छ ।

वडा समितिको बैठकको निर्णयअनुसार चिरायु अस्पतालसँग सम्झौता गरेर नागरिकको स्वास्थ्य उपचारमा केही भएपनि छुटको व्यवस्था गरेको वडा अध्यक्ष रविन्द्र केसीले बताए ।

यस कार्यलाई तारकेश्वर नगरपालिकाभित्रका सबै वडाहरुले गर्न सके नगरबासीको स्वास्थ्य उपचारमा जनताले ठूलो राहत पाउनेछन् । तारकेश्वर वडा नं. २ को यस कार्यबाट काभ्रेस्थलीवसी जनताले राहत पाउने भएर वडाको कार्यबाट खुशी भएका छन् ।

Last modified on 2021-11-25 12:50:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts