बि एण्ड बि अस्पतालमा नर्सलाई क्रिटिकल केयर सम्बन्धी तालिम



Download our app to get more features

काठमाडौं,६ मंसिर । बि एण्ड बि अस्पताले देशैभरीका नर्सलाई  लक्षित गरी ३ महिनाको क्रिटिकल केयर सम्वन्धी जानकारीमूलक तालिम सञ्चालन गर्ने भएको छ । 

आइसीयू तथा भेन्टिलेटरमा रहेका बिरामीहरुको उपचारमा गर्नुपर्ने केयर सम्बन्धी तालिम दिन लागेको अस्पतालले जनाएको छ । 

अस्पतालले तालिम लिनका लागि नेपाल नर्सिङ्ग परिषदबाट लाइसेन्स लिएको हुनुपर्ने बताएको छ । तालिम लिनका लागि निवेदन दिने अन्तिम मिति मंसिर २६ गतेसम्म रहेको छ । 

थप जानकारी लिनका लागि  अस्पतालको लोकल कोर्स कोअँर्डिनेटर सिता कुमारी राईलाई ९८४१५८२९१८ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ । 


 

Last modified on 2021-11-22 12:42:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts