अल्का आइभिएफ सेन्टरद्वारा थप सुविधासहित आइभिएफ सेवा विस्तार, शुलभ दरमा सेवा दिइने



Download our app to get more features

काठमाडौं, २ मंसिर । जावलाखेलमा रहेको अल्का अस्पताल प्रा.लि. ले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको हो ।

अत्याधुनिक ल्याव सहित अल्का अस्पतालले अल्का आइभिएफ सेन्टर सञ्चालनमा ल्याएको हो ।

हामीले, बिशेषज्ञहरु भित्र्याएर अल्का आइभिएफ सेन्टर सञ्चालनमा ल्याएका छौं, ‘अस्पतालका अध्यक्ष कुमार थापाले भने,  ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधा सहित ल्याएका छौं ।, विभिन्न कारण सन्तान नभएकाहरुलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौं,अध्यक्ष थापाले भने । 

थापाले नयाँ बिशेषज्ञहरुको टिमले अल्का आइभिएफ सेन्टरलाई थप उचाईमा लैजाने विश्वास व्यक्त गरे । 

अल्का अस्पतालले सेवा ग्राहीहरुलाई आइभिएफ सेवा अन्य अस्पतालहरुको तुलनामा शुलभ दरमा दिइने प्रतिबद्धता जनाएको छ ।

मंसिर १ गतेबाट विहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आइभिएफ सेवा विस्तार गरेको छ ।

अल्का आइभिएफ सेन्टरबाट टेष्टट्युक बेबीका साथै स्त्री रोग तथा प्रसुति सेवापनि प्रदान गरिने अस्पतालले जनाएको छ ।


के हो त आइभिएफ ?

कृत्रिम गर्भाधान इनव्रिटो फर्टिलाईजेशन आइभिएफ महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो । 

यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ । यस प्रक्रियामा कुनै महिलाको अण्डाशयबाट अण्डालाई अलग गरेर त्यसलाई टेष्टट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ ।

यसपछि निषेचित अन्डा महिलाको गर्भाशयमा राखिन्छ । विश्वमा पहिलोपल्ट यस प्रक्रियाको प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डसले गरेका थिए ।

उनीहरूको यस प्रक्रियाले जन्मेको बच्चाको नाम लुईसब्राउन थियो जसको जन्म २५जुलाई, १९७८ मा मेनचेस्टरमा भएको थियो । 

आज यो प्रविधि निसन्तान दम्पत्तीहरूको लागि एक नयाँ आशको किरण भएको छ । नेपालमा टेष्टट्युब बेबी को प्रविधि २०६० साल तिर भित्रिएको हो ।

नेपालको पहिलो टेष्टट्युब बेबी चाहीँ ओम मणी तामाङ हो । उनको २०६१ साल फागुन २० गते जन्मिएका थिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts