मधुमेह दिवसको अवसरमा चिरायु अस्पतालमा विशेष हेल्थ प्याकेज



Download our app to get more features

काठमाडौं, २७ कात्तिक । वल्ड डाइबिटिज डे (विश्व मधुमेह दिवस) को अवसरमा चिरायु अस्पतालले बिशेष हेल्थ प्याकेजको घोषणा गरेको छ । विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्या न्यूनिकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका सम्भावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले चिरायुले विशेष प्याकेज घोषणा गरेको हो ।

मधुमेह जाँचको विशेष प्याकेज विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने अस्पतालले जनाएको छ । उक्त सहुलियत हेल्थ प्याकेजलाई एक साता सम्म निरन्तरता दिइने बताइएको छ । विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ । यस साताको आगामी १४ नोभेम्बर देखि २१ नोभेम्बर सम्म मधुमेह प्याकेज लिन चाहानेले मात्र ५ हजार ९ सय ९९ रुपैयाँ तिरेर सेवा लिना सकिने अस्पतालले बताएको छ ।

साथै यो सातामा एक र प्याकेजको पैसा तिरेमा १ महिनासम्म सोही दरमा प्याकेज गराउन पाइने अस्पतालले जानकारी दिएको छ । यो शुल्कमा रेन्डम ब्लड सुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटी, जी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, यूरिक एसीड, सीआरपी, इएसआर, र सीबीसी जस्ता परीक्षणहरु हुनेछन् । सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ ।

मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई मात्र ५ हजार ९ सय ९९ मा सीमित गरी प्याकेज तयार गरिएको हो । चिरायुले विश्व मधुमेह दिवसको दिन मधुमेह रोग विशेषज्ञ डा. अजय प्रधानको निःशुल्क कन्सलट्यान्ट सेवा समेत सञचालन गर्नेछ । कुनै पनि व्यक्तिको रिपोर्ट असामान्य आएको खण्डमा मात्र डा. प्रधानको कन्सलट्यान्ट सेवा निःशुल्क हुने शर्त राखिएको अस्पतालका सूचना अधिकारी किरण फुयाँलले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts