पाचन प्रणालीसँग सम्बन्धित समस्याको नर्भिकमा निःशुल्क ओपिडी सेवा



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई केन्द्रीत गरी निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ ।

कात्तिक २७ गते शनिबारका दिन पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी संचालन हुन लागेको हो । 

नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज सेन्टरका विभागीय प्रमुख डा.सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । यही सेवा अन्तर्गत शनिवार १० देखि १२ बजेसम्म डा. कुँवरले निःशुल्क सेवा दिन लागेका हुन् । 

सर्वसाधारणको निःशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

Last modified on 2021-11-11 12:56:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts