अमेरिकाले खोल्यो २० महिनापछि नाका



Download our app to get more features

काठमाडौं, २२ कात्तिक ।  अमेरिकाले २० महिनापछि कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला गरेको छ।

अमेरिकामा कोरोना संक्रमण  बढेपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए।  यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरुसहित झण्डै ३० वटा मुलुकका गैर अमेरिकी नागरिकहरु प्रभावित भएका थिए।

लामो समयपछि सीमा नाका खुलेकाले पर्यटकको बाढी लाग्ने भन्दै ट्राभल एजेन्सी र एयर लायन्सहरुले खुसियाली मनाएका छन्। पूर्ण खोप लगाएकाहरुलाई प्रतिबन्ध खुकुलो पारिएकाले सहज हुने बताइएको छ। 

चीनमा कोरोनाको संक्रमण व्यापक रुपमा बढेपछि संक्रमण फैलिन नदिन सन् २०२० को शुरु तिर अमेरिकाले चिनिया नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो। पछि विस्तारै अन्य देशमा पनि प्रतिबन्ध विस्तार गरिएको हो।

Last modified on 2021-11-08 15:50:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts