अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमामा लगाएको प्रतिबन्ध खुकुलो बनायो
ऐजेन्सी,१५ कात्तिक। अष्ट्रेलियाले कोभिड १९ महामारीपछि आफ्नो अन्तर्राष्ट्रिय सीमामा लगाएको प्रतिबन्ध खुकुलो बनाएको छ ।
सोमबार अष्ट्रेलियाले महामारीपछि कडा गरिएको आफ्नो अन्तर्राष्ट्रिय सीमाना खुकुलो बनाएको रोयटर्सले बताएको छ ।
अन्तर्राष्ट्रिय सीमामार्फत् हुने आवतजावतमा लगाइएका प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड खोप लगाएका अष्ट्रेलियालीले स्वतन्त्र भएर यात्रा गर्न पाउने भएका छन् ।
सोमबार बिहान सिंगापुर र लस एन्जेलेसबाट सिड्नीमा पहिलो उडान भएको थियो । धेरै समयपछि भेट भएका साथीभाई र आफन्तले विमानस्थल ओर्लिएका यात्रुलाई भावुक हुँदै स्वागत गरेका थिए ।
कोरोनाभाइरस महामारीपछि अष्ट्रेलियामा झण्डै १८ महिनाभन्दा बढी अन्तर्राष्ट्रिय सीमामार्फत् हुने आवतजावतमा कठाइ गरिएको थियो ।
Last modified on 2021-11-01 16:39:38