भारतको कानपुरमा जिका भाइरसको सङ्क्रमण बढ्यो, सतर्कता अपनाउन आग्रह



Download our app to get more features

भारत, १५ कात्तिक । भारतको कानपुरमा जिका भाइरसको सङ्क्रमण बढ्न थालेपछि सतर्कता अपनाइएको छ । 

भारत उत्तर प्रदेशको कानपुर सहरमा गत २४ घन्टामा ६ जना नयाँ सङ्क्रमित फेला परेका छन् । जसका कारण त्यस क्षेत्रका नागरिकमा त्रास फैलिएको छ । 

यसवर्ष भारतमा जिकाको पहिलो सङ्क्रमण अक्टुबर २२ तारिखमा फेला परेको थियो । हालसम्म १० जनामा जिकाको सङ्क्रमण देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जिका भाइरसको सङ्क्रमण बढ्न थालेपछि कानपुरमा सतर्कता अपनाइएको छ ।

Last modified on 2021-11-01 13:23:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts