भारतमा कोभिड-१९ का १४ हजार ३१३ नयाँ बिरामी थपिए



Download our app to get more features

एजेन्सी, १३ कात्तिक । भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४ करोड २ लाख ६० हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३ सय १३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।

यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५ सय ४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् । हाल देशमा १ लाख ६१ हजार ५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन् । यो सङ्गै निको हुनेको सङ्ख्या ३३कारेड ६ लाख ४१ हजार १७५ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts