विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख नाघ्यो, सबैभन्दा धेरै मृत्यु अमेरिकामा



Download our app to get more features

एजेन्सी, १३ कात्तिक । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख नाघेको छ । 

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ७ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख ३ हजार ८ सय ५२ पुगेको छ ।

गत २४ घन्टाम सबैभन्दा धेरै अमेरिकामा १ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ । यस्तै रुसमा १ हजार १ सय ६३ जनाको मृत्यु भएको छ भने युक्रेनमा ६ सय ४८, भारतमा ५ सय ५२, रोमानियामा ४ सय ८०, ब्राजिलमा ३ सय ७९ जनाको मृत्यु कोरोनाका कारण भएको छ । 

हालसम्म विश्वमा सबैभन्दा धेरै अमेरिकामा ७ लाख ६५ हजार ७ सय २२ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ६ लाख ७ हजार ५ सय ४ जनाको मृत्यु कोरोनाका कारण भएको छ ।

यस्तै भारतमा ४ लाख ५७ हजार ७ सय ७३, रुसमा २ लाख ३६ हजार २ सय २०, बेलायतमा १ लाख ४० हजार ३ सय ९२, फ्रान्समा १ लाख १७ हजार ६ सय ४९, इरानमा १ लाख २५ हजार ९ सय ९८, अर्जेन्टिनामा १ लाख १५ हजार ९ सय ३५ जनाको मृत्यु भइसकेको छ ।

एक लाखभन्दा बढी मृत्यु हुनेमा कोलम्बिया, इटली, इन्डोनेशिया, मेक्सिको र पेरु रहेका छन् । 

यस्तै गत २४ घन्टामा विश्वभर ४ लाख ६७ हजार ९ सय ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३ लाख ६८ हजार ३ सय ७ जना स्वस्थ भएका छन् ।

Last modified on 2021-10-30 18:42:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts