५ वर्षको बालिकालाई लगाइने कोरोनाविरुद्धको फाइजर खोपलाई एफडीएको मान्यता



Download our app to get more features

एजेन्सी, १० कात्तिक । अमेरिकी खाद्य तथा औषधि व्यवस्थापन (एफडीए) ले ५ वर्षको बालबालिकालाई लगाइने कोरोनाविरुद्धको फाइजरको खोपलाई मान्यता दिएको छ ।

एफडीएले ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अमेरिकी सरकारलाई आफ्नो निर्णय दिएको हो ।

अमेरिकी नियामक संस्था एफडीएले बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने पक्षमा समर्थन गरेको हो ।
 
एफडीएको समर्थनपछि अब अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रीभेन्शनले अनुमति दिन बाँकी छ । आगामी नोभेम्बर २ सम्म सेन्टरले आफ्नो फैसला दिने आशा गरिएको छ । सेन्टरले अनुमित दिनासाथ बालबालिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिनेछ ।
 
सेप्टेम्बरमा गरिएको अध्ययन र परीक्षणमा कोरोनाविरुद्धको खोप बालबालिकामा प्रभावकारी र सुरक्षित रहेको पत्ता लागेको थियो ।
 
फाइजरको खोप १२ या त्योभन्दा बढी उमेर समूहका बालबालिकामा खोप लगाउनका लागि पहिले नै मान्यता दिइएको छ ।

सोमवार मोडर्नाले आफूले विकास गरेको खोप कोरोनासँग लड्ने एन्टीबडी विकसित गर्नमा सक्षम पाइएको र रेगुलेटर्सलाई आफ्नो परीक्षणको तथ्याङ्क सुम्पेको छ ।

Last modified on 2021-10-27 11:13:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts