नर्भिक अस्पतालमा आधुनिक इन प्यासेन्ट डिपार्टमेन्ट



Download our app to get more features

काठमाडौं,८ कात्तिक । नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो  इन प्यासेन्ट डिपार्टमेन्ट आइपिडी आधुनिक बनाएको छ । 

अस्पतालले आफ्नो सेवा र संरचनालाई समय अनुकुल स्तरीय बनाउँदै लैजाने उदेश्यले आइपिडीको स्तरोन्नति गर्दै आधुनिक बनाएको हो । 

गत फागुन ९ गतेदेखि नर्भिकले आधुनिक र पूर्ण डिजीटाइज्ड ओपिडी संचालनमा ल्याएको थियो । सोहीबेला भएको घोषणाअनुसार अस्पतालका अन्य युनिटहरुको समेत स्तरोन्नति गर्ने क्रममा आइपिडीलाई पनि आधुनिक बनाइएको हो । 

पुननिर्माण गरिएको आइपीडीमा बिरामी, तिनका आफन्त र सर्वसाधारणको सहजता र सुविधालाई विशेष ध्यानमा राखिएको छ । स्तरीय सुविधाहरुलाई थप गरिएको छ भने प्रतिक्षालयदेखि बेडहरुलाई समेत पहिलाभन्दा स्तरीय बनाइएको छ । 

आइपीडीका सबै कोठाहरु आधुनिक साजसज्जाले सजाइएको छ । पूर्ण रुपमा विश्वस्तरीय, बिरामीमैत्री र बिरामीका कुरुवा तथा भिजिटरहरुलाई समेत सहज हुने हिसाबले पुननिर्माण गरी स्तरोन्नति गरिएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । 

मिश्रका अनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजीटाइज्ड गरी अत्याधुनिक बनाउने कामको ओपिडीबाट सुरुवात गरेको थियो । त्यसकै निरन्तरताको रुपमा आइपीडी समेत पुननिर्माण भएको हो । 

नर्भिकले हालसम्म ओपिडी र आइपिडीको विश्वस्तरीय रुपमा पुननिर्माण र डिजीटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष  बनाउने योजना बनाएको उनले बताए ।

  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts