दशैं तिहारको अवसरमा ग्लोबल अस्पतालको बिशेष अफर 



Download our app to get more features

काठमाडौ,१० असोज । दशै तिहारको अवसर पारेर ग्लोबल अस्पतालले बिशेष अफर  ल्याएको छ ।

अस्पतालले पीसीआर परिक्षण ९५० मा र कोभिड भइसकेका बिरामीहरूलाई पोस्ट कोभिड परामर्श निशुल्क रूपमा गर्ने भएको छ ।

दशै तिहारमा घर जाने सर्वसाधारणलाई ध्यानमा राख्दै उक्त कार्यक्रम ल्याएको अस्पतालका मेडिकल डाइरेक्टर उज्वल ठाकुरले बताएका छन् ।

त्यस्तै अस्पतालले कोभिड डेल्टा भेरिएन्टको खतरालाई मध्यनजर गर्दै बालबालिकाका लागि अस्पतालले १० बेड भेन्टिलेटर सहित एनआईसियु बिभाग स्थापना समेत गरेको छ । 

त्यसैगरी अस्पताल अन्तर्गत नोभा इन्टर्नेशनल ल्याबले भ्रुण परिक्षण,एन आईपीटी,स्तन तथा ओभरियन क्यान्सर सम्बन्धी टेस्ट र एमनियोसेन्टेसिस जस्ता कार्यहरु गर्दै आईरहेको छ ।


 

Last modified on 2021-09-26 16:48:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts