इटलीमा कर्मचारीहरूले कोभिड निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने
ऐजेन्सी,१ असोज । इटली सरकारले त्यहाँका कर्मचारीहरूलाई कोभिड निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गर्दै छ ।
कर्मचारीहरूले खोप लगाएको, कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोनाभाइरसबाट संक्रमित भएर निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने छ ।
त्यहाँको लागि इटली सरकारले 'हरियो पास' को व्यवस्था गर्दै छ । युरोपमा इटलीले पहिलोपटक यस्तो व्यवस्था सार्वजनिक गर्न लागेको हो ।
हरियो पास नहुने कर्मचारी निलम्बनमा पर्नसक्ने समेत बताइएको छ । त्यस्तै उनीहरूको पारिश्रमिक ५ दिनसम्म रोक्न सकिने समेत बताइएको छ ।
Last modified on 2021-09-17 17:18:01