पाठेघरको समस्या भएकाहरुलाई नर्भिकमा निःशुल्क ओपिडी सेवा



Download our app to get more features

काठमाडौं, ३० भदौ । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्र्तगत आउने शनिबार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा सञ्चालन हुने भएको छ । 

आगामी शनिबार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ (गाइने अंकोलोजिष्ट) डा. एलिजा श्रेष्ठले निःशुल्क ओपिडी सेवा दिने भएकी हुन् ।
 
डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने जस्ता समस्या भोगिरहेका बिरामीहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिनसक्नेछन् । 

निःशुल्क ओपिडी सेवा शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म संचालन हुने नर्भिक अस्पतालले बताएको छ । 

नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकद्धारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ  । 

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन  रेर आफ्नो नाम टिपाउन सकिने अस्पतालले बताएको छ ।

Last modified on 2021-09-15 15:09:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts