चीनको फुुजियानमा डेल्टा भेरिएन्टका कारण संक्रमणदर बढ्यो, प्रतिबन्धमा कडाई



Download our app to get more features

एजेन्सी, ३० भदौ । चीनमा कोरोनाको डेल्टा भेरिएन्टका कारण फेरी संक्रमणदर तीव्र गतिमा बढ्न थालेको छ ।

चीनको दक्षिणपूर्वी प्रान्त फुजियान क्षेत्रमा कोरोनाको डेल्टा भेरिएन्टका कारण संक्रमणदर उच्च देखिएको छ । जसका कारण फुजियानको विभिन्न क्षेत्रहरु बन्द गरिएको छ । 

समाचार संस्था रोयटर्सका अनुसार फुजियानको पुतियान सहरमा कोरोनाको स्थिति गम्भीर र जटिल बन्दै गरेका कारण पुरै सहर नै शिल गरिएको छ । गत १० देखि १२ सेप्टेम्बरकोबीचमा फुजियानमा डेल्टा भेरिएन्टको ४३ केस फेला परेको छ, जसमा ३५ केस पुतियान सहरमा पुष्टि भएको छ । 

पछिल्लो समय चीनमा कोरोनाको नयाँ केसहरु बढ्ने क्रम तीव्र गतिमा छ भने मृत्यु हुनेदरपनि बढ्न थालेको छ ।

पछिल्लो समय चीनको विभिन्न सहरमा कोरोनाको डेल्टा भेरिएन्टका कारण केसहरु फेला पर्न थालेपछि सरकारले कडाई गर्न थालेको छ ।

कोरोनाको पहिलो केस सन् २०१९ को डिसेम्बर ३१ मा चीनको वुहान सहरमा फेला परेको थियो ।

Last modified on 2021-09-15 14:40:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts