चीनको फुजियानमा कोरोना बढ्यो
एजेन्सी, २९ भदौ । चीनको दक्षिणपूर्वी प्रान्त फुजियानमा कोभिड– १९ संक्रमण दुई गुणाले वृद्धि भएको छ ।
चीनका स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमणलाई रोक्नका लागि यात्रा प्रतिबन्ध सहितका उपाय चाडो सुरु गर्न आग्रह गरेको छ ।
अघिल्लो दिन २२ संक्रमित फेला परेकोमा फुजियानमा पछिल्लो समय ५९ जनामा संक्रमण देखिएको हो । ४ दिनमा फुजियानमा १०२ जनामा संक्रमण देखिएको हो ।
फुजियान उत्तरमा झेजियाङ र दक्षिणमा ग्वांगदोङसँग जोडिएको छ ।
Last modified on 2021-09-14 15:41:58