विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २० करोड नाघ्यो, ४६ लाखभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, २७ भदौ । विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २० करोड नाघेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख ३३ हजार ९ सय ६१ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २० करोड १५ लाख ८६ हजार ६ सय ७७ पुगेको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै भारतमा ३७ हजार ७ सय ९३ जना स्वस्थ भएका छन् भने अमेरिकामा ३६ हजार ८ सय ४१ जना स्वस्थ भएका छन् । यस्तै टर्कीमा ३० हजार १ सय ४४, ईरानमा २८ हजार ५ सय १४, बेलायतमा २१ हजार ४ सय ७५ जना स्वस्थ भएका छन् ।

यस्तै गत २४ घन्टामा विश्वभर ४ लाख ४४ हजार ३ सय ३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । गत २४ घन्टामा थपिएका नयाँ सङ्क्रमितमा अमेरिकामा ७१ हजार २ सय ४९, भारतमा ३१ हजार २ सय ११, बेलायतमा २९ हजार ५ सय ४७ जना रहेका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २२ करोड ५ लाख ६२ हजार २ सय ९७ पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर ७ हजार ५ सय ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४६ लाख ३७ हजार ४ सय ७२ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै रुसमा ७ सय ९६, अमेरिकामा ७ सय १८, मेक्सिकोमा ६ सय ९९, ब्राजिलमा ६ सय ३५ र मलेसियामा ५ सय ९२ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-09-12 19:46:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts