भारतमा थप ३४ हजारमा कोरोना संक्रमण
काठमाडौं, २५ भदौ । पछिल्लो २४ घण्टामा ३४ हजार ९ सय ७३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३७ हजार ६ सय ८१ जना संक्रमण मुक्त भएका छन्।
यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९० हजार ६ सय ४६ पुगेको छ।
संक्रमणका कारण थप २ सय ६० जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ४ लाख ४२ हजार ९ जनाको मृत्यु भइसकेको छ।
Last modified on 2021-09-10 12:19:11