अफगानिस्तानबाट उद्धार गरिएका ११ नेपाली भारतमा क्वारेन्टिनमा



Download our app to get more features

एजेन्सी, २४ भदौ ।  अफगानिस्तानको राजधानी काबुलबाट भारत फर्किएका ११ नेपाली भारतको एउटा केन्द्रमा अनिवार्य क्वारेन्टिनमा बसेका छन्। काबुलबाट उद्धार गरिएका २४ जना भारतीयसँगै उनीहरु दुई साता क्वारेन्टिनमा बसेका हुन्।

उनीहरुलाई नयाँ दिल्लीको भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) केन्द्रमा  क्वारेन्टिनमा राखिएको थियो। भारत सरकारले उनीहरुलाई दुई साताअघि अफगानिस्तानबाट उद्धार गरि नयाँ दिल्ली पुर्‍याएको थियो ।

कोभिड परीक्षणपछि २६ अगस्टमा उनीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको थियो। कोभिड परीक्षण गर्दा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो। क्वारेन्टिन अवधिभर उनीहरु सबैलाई निःशुल्क खाने, बस्ने, खेल्नेलगायतको व्यवस्था मिलाइएको थियो। 

केन्द्रले क्वारेन्टिन अवधिभर योग अभ्यास गराउनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी काउन्सेलिङ प्रदान गरेको थियो। अहिलेसम्म केन्द्रमा बंगलादेश, चीन, म्यानमार, माल्दिभ्स, अमेरिका, दक्षिण अफ्रिका र अफगानिस्तानका ४२ जना सो केन्द्रमा क्वारेन्टिनमा बसिसकेका छन्। 

केन्द्रमा अहिलेसम्म अफगानिस्ताबाट भारत फर्किएका एक सय १३ जना अनिवार्य क्वारेन्टिनमा बसेका छन्। 

Last modified on 2021-09-09 16:37:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts