भारतमा ४३ हजार कोरोना संक्रमित थपिए
एजेन्सी, २४ भदौ । भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार २६३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४० हजार ५६७ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९३ हजार ६१४ पुगेको छ।
संक्रमणका कारण थप ३३८ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ४ लाख ४१ हजार ७४९ जन संक्रमितको मृत्यु भइसकेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ८६ लाख ५१ हार ७०१ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। भारतमा ७१ करोड ६५ लाख ९५ हजार ४२८ जनाले खोप लगाइसकेका छन्।
Last modified on 2021-09-09 15:34:07