विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४६ लाख नाघ्यो
एजेन्सी, २४ भदौ । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४६ लाख नाघेको छ ।
कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ९ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ ।
वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा अमेरिकामा १ हजार ७ सय, मेक्सिकोमा १ हजार ७१, रुसमा ७ सय ९७, इन्डोनेशियामा ६ सय २६, इरानमा ५ सय ३८, भियतनाममा ४ सय ३४, मलेसियामा ३ सय ६१ र भारतमा ३ सय ३९ जनाको मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४६ लाख ८ हजार ८ सय ९७ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर थप ५ लाख ९८ हजार ९ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २२ करोड ३३ लाख ८१ हजार ९६ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये ६ लाख १५ हजार ५ सय २३ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १९ करोढ ९८ लाख ९४ हजार ७ सय ४२ पुगेको छ ।
पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोनाको डेल्टा भेरिएन्टका कारण तेस्रो र चौथो लरह शुरु भएको छ । जसका कारण ती मुलुकमा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समेत समस्या हुन थालेको छ ।