भारतमा थप ३७ हजारमा कोरोना संक्रमण



Download our app to get more features

एजेन्सी, २३ भदौ । भारतमा थप ३७ हजार ८ सय ७५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यी मध्ये २५ हजार ७७२ जना केरलाका रहेका छन् ।   

यस्तै, ३९ हजार १ सय १४ जना संक्रमण मुक्त हुँदै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९१ हजार २ सय ५६ पुगेको छ। पछिल्लो समय समय भारतमा संक्रमण दर बढ्दा सक्रिय संक्रमितको संख्या फेरि चार लाख नाघेको थियो। आज भने सक्रिय संक्रमितको संख्या ४ लाखभन्दा घटेको हो।

संक्रमणका कारण भारतभर थप ३ सय ६९ जनाको मृत्यु भएको छ। केरलामा मात्रै १ सय ८९ जनाको मृत्यु भएको हो। भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ४ लाख ४१ हजार ४ सय ११ जनाको मृत्यु भइसकेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ लाख ४७ हजार ६ सय २५ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। भारतमा ७० करोड ७५ लाख ४३ हजार १८ जनाले खोप लगाइसकेका छन्।

Last modified on 2021-09-08 16:02:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts