भारतमा थप ३१ हजारमा कोरोना संक्रमण



Download our app to get more features

एजेन्सी, २२ भदौ । भारतमा थप ३१ हजार २ सय २२ जनामा कोभिड १९ को संक्रमण पहिचान भएको छ । पहिचान भएका संक्रमित मध्ये १९ हजार ६ सय ८८ जना केरलामा भेटिएका हुन्।

यस्तै, ४२ हजार ९ सय ४२ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९२ हजार ८ सय ६४ पुगेको छ।

संक्रमणका कारण थप २ सय ९० जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्‍म ४ लाख ४१ हजार ४२ जनाको मृत्यु भइसकेको छ।

Last modified on 2021-09-07 16:37:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts