भारतको केरलामा कोरोना संक्रमणको दर रोक्न लकडाउनको घोषणा, महाराष्ट्रमा पनि दर बढ्दै



Download our app to get more features

भारत, २० भदौ । भारतको केरला राज्यमा आज लकडाउनको घोषणा गरिएको छ ।

राज्यमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेपछि आज त्यहाँ लकडाउनको घोषणा गरिएको छ ।

केरलामा पछिल्लो समय कोरोना संक्रमण दैनिक ३० हजारभन्दा बढीका दरले थपिन थालेको छ । जसका कारण भारत सरकारले तेस्रो लहरको संकेत स्वरुप सबैलाई सतर्क र सावधान रहन आग्रह गरेको छ ।

गत २४ घन्टामा मात्रै केरलामा २९ हजार ६ सय ८२ नयाँ संक्रमित थपिएका छन् भने १ सय ४२ जनाको मृत्यु भएको छ । 

समग्र भारतमा कोरोना संक्रमणको पोजेटिभि दर जम्मा २ प्रतिशत रहेकोमा केरलामा मात्रै १७ दशमलव ५२ प्रतिशत पोजेटिभि दर देखिएको छ ।

लकडाउनको क्रममा आज राति नाइट कर्फ्यूको पनि घोषणा गरिएको छ भने अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएका छन् । साथै कक्षा ११ को परीक्षा पनि रोकिएको छ ।

यस्तै भारतको महाराष्ट्रमा पनि पछिल्लो केहि दिनदेखि कोरोना संक्रमणको दर वृद्धि हुन थालेको छ । 

समग्र भारतमा गत २४ घन्टामा ४२ हजार ९ सय २४ नयाँ संक्रमित फेला परेका छन् भने ३ सय ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Last modified on 2021-09-05 13:25:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts