दक्षिण पूर्वी एसियाका स्वास्थ्यमन्त्रीको बैठक अर्को साता



Download our app to get more features

काठमाडौं, १८ भदौ ।  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एसियाली देशहरूका स्वास्थ्यमन्त्रीको बैठक बस्ने भएका छन्।

डब्ल्युएचओको दक्षिण पूर्वी एसियाली क्षेत्रीय कार्यालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत अर्को साता बैठक बस्ने जानकारी दिएको हो। नेपालले डब्ल्युएचओ दक्षिण पूर्व एसियाको ७४ औं क्षेत्रीय समितिको वार्षिक बैठक ६–१० सेप्टेम्बर आयोजना गर्दैछ।

बैठकमा कोरोना महामारी र स्वास्थ्य सेवा ‘अझ राम्रो बनाउने’ तथा वर्तमान स्वास्थ्यका प्रमुख मुद्दामा छलफल हुने छ।

बैठकमा डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस, क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंह, स्वास्थ्यमन्त्रीहरू र क्षेत्रीय सदस्य देशका वरिष्ठ स्वास्थ्य अधिकारी, संयुक्त राष्ट्रसंघका एजेन्सीहरू, दातालगायत नागरिक समाजका प्रतिनिधि सहभागी हुने छन्।

सार्वजनिक स्वास्थ्य आपतकालीन तयारी र रोकथाम र सरुवा रोग नियन्त्रण प्रयास तीव्र पार्न, भाइरल हेपाटाइटिस अन्त्य, एचआइभी र एसटीआईजस्ता विषयमा बैठकमा छलफल हुने जनाइएको छ।

सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन, अत्यावश्यक चिकित्सा उत्पादनमा पहुँच बढाउने, दक्षिण पूर्वी एसियाली क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र स्वास्थ्य प्रणाली सुदृढ बनाउनेलगायत विषयमा पनि छलफल हुने छ।

Last modified on 2021-09-04 08:37:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts