बेलायतमा कोरोना संक्रमणको दर अझ बढ्नसक्ने



Download our app to get more features

 काठमाडौं, १८ भदौ ।  बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना संक्रमणको दर अझ बढ्नसक्ने बताएका छन्।

शिक्षामन्त्री ग्याबिन विलियिमसनले उक्त कुरा बताएका हुन्। उनले अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको संक्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता यहाँका विद्यालय खुल्ने भएका छन्।

ती विद्यालय खुलेपछि सयौँ हजार बालबालिका विद्यालय जाने भएका छन्। यसबाट देशमा कोरोना भाइरसको संक्रमणको दर बढ्नसक्ने देखिएको मन्त्री ग्याभिन विलियम्सले बताएका हुन्। उनले विद्यालय खुला भएपछि ती सबै विद्यालयका शिक्षक, बालबालिका तथा अरु कर्मचारीलाई पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताए।

उनले भने, ‘यसैकारणले हामीले बढी भन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरिएको पहिलेका तुलनामा परीक्षणको कामलाई तीव्र बनाइएको छ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts