भारतको उत्तर प्रदेशमा डेंगु र भाइरल ज्वरोका कारण ३९ जनाको मृत्यु



Download our app to get more features

भारत, १४ भदौ । भारतको उत्तर प्रदेश राज्यमा डेंगु र भाइरल ज्वरोका कारण ३९ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार उत्तर प्रदेशको फिरोजावाद सहरमा पछिल्लो १० दिनमा भाइरल ज्वरो र डेंगुका कारण ३२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको हो । 

फिरोजावादमा पछिल्लो समय भाइरल ज्वरो, डेंगु र मलेरियाका कारण बालबालिका बढी प्रभावित भएका छन् । जसका कारण अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पनि बढ्न थालेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

Last modified on 2021-08-31 08:33:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts