न्यूजील्यान्डमा फाइजर खोप लगाएपछि एक महिलाको मृत्यु



Download our app to get more features

काठमाडौं, १४ भदौ ।  न्यूजील्यान्डमा फाइजरको कोभिड खोप लिएपछि एक महिलाको मृत्यु भएको छ। उक्त घटनालाई फाइजर कोभिड खोपसँग सम्बन्धित पहिलो मृत्यु मानिएको छ।

एउटा स्वतन्त्र खोप सुरक्षा अनुगमन समूहले सम्भवतः फाइजर खोपका 'मायोकार्डाइटिस' अर्थात् मुटुको मांसपेशीको सुजन भएर ती महिलाको मृत्यु भएको हुनसक्ने बताएको छ । त्यस्तो अवस्थालाई दुर्लभ दुष्प्रभावका मानिन्छ ।

तर ती महिलाको मृत्युको आधिकारिक कारण भने अहिलेसम्म निर्क्योल गरिएको छैन ।

१९ भ्याक्सीन इन्डिपेन्डन्ट सेफ्टी मनिटरिङ बोर्डले मुटुमा उत्पन्न समस्या 'खोपका कारण उत्पन्न भएको हुनसक्ने' बताएको छ ।

"खोप लगाएको केही दिनमा मृत्यु भएको यो घटना न्यूजील्यान्डमा फाइजरको कोभिड-१९ खोपसँग सम्बन्धित पहिलो मृत्युको घटना हो। खोप लगाएको केही दिनभित्र मृत्यु भएका अरू केही घटनाबारे हामीलाई विवरण प्राप्त भए पनि अन्य घटना खोपसँग सम्बन्धित भएको मानिएको थिएन," बोर्डले एउटा विज्ञप्तिमा भनेको छ।

महिलाको उमेर तथा अन्य विवरण सार्वजनिक गरिएको छैन ।
स्रोत:बीबीसी

Last modified on 2021-08-30 13:27:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts